महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान
एजेन्सी - क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि सबै सम्बन्धित पक्षहरूबीचको सम्वाद महत्वपूर्ण विकल्प भएको उनकाे भनाइ छ ।
'महामारीको यो समयमा सामाजिक सम्बन्धका लागि हाम्रो क्षमतालाई एकदमै अधिकतम प्रयोग गर्ने प्रयास गरिएको छ,' सेन्ट पिटर्स स्क्वायरमा भेला भएका क्रिश्चियन धर्मावलम्बीहरूलाई क्रिसमस सन्देश दिँदै उनले भने ।
उहाँले कुनै पक्ष वा मुलुकलाई स्पस्ट सङ्केत नगरिकन भने, 'कामबाट पछि हट्ने प्रवृति बढिरहेको छ । यो समग्र मानव जातिको हित र विकासका लागि घातक हुन्छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया