इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ ब्यालेस्टिक मिसाइल
काठमाडौं– इजरायललाई चेतावनी दिन इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबार आफ्नो पाँच दिने सैन्य अभ्यासको अन्तिम दिन इरानले उक्त मिसाइलहरु प्रहार गरेको हो।
इरानको सैन्य बलका प्रमुख मेजर जनरल मोहम्मद बगेरीले सरकारी टिभी च्यानलसँग भने,‘यस अभ्यास हालैका दिनहरूमा यहूदी शासनले देखाएको खतरालाई जवाफ दिनको लागि गरिएको हो।’
उनका अनुसार अध्यासको क्रममा १६ मिसाइलहरू लक्ष्यमा प्रहार गरिएको थियो। यस अभ्यासमा सयौं इरानी मिसाइलहरू संलग्न थिए, जसले इरानमाथि आक्रमण गर्ने साहस गर्ने देशलाई ध्वस्त पार्न सक्छ।
प्याम्बर–ए–अज्दम वा ग्रेट प्रोफेट भनेर चिनिने सैन्य अभ्यास सोमबार बुशेहर, होर्मजगान र खुजेस्तान प्रान्तमा सुरु भएको थियो। यी सबै प्रदेश खाडीसँग जोडिएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख मेजर जनरल हुसेन सलामीले भने,‘यो सैन्य अभ्यास यहूदी शासनका अधिकारीहरूलाई गम्भीर चेतावनी हो। अलिकति गल्ती भयो भने उसको घाँटी काट्छौं ।'
इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीचको भेट गरेका थिए। इजरायल पनि २०१५ को इरान आणविक सम्झौताको पुनस् कार्यान्वयनको विरुद्धमा छ। बेनेटले इरानलाई आणविक ब्ल्याकमेल गरेको आरोप लगाएका छन्। उनले प्रतिबन्धहरू खुकुलो पार्न पैसा खर्च गरेको उनले बताएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया