बेलायती महारानीको 'हत्या प्रयास' को भिडियोबारे अनुसन्धान जारी
काठमाडौँ- क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।
यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिएर उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।
भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य बेलायती महारानी एलिजाबेथको हत्या गरेर बदला लिने भएको बताएको थियो ।
प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे ।
बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ ।
१९ वर्षीय संदिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ ।
महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर कैसलमा थिइन् उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया