विश्व

संयुक्त राष्ट्रसंघद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आव्हान

इकागज |
पुस १३, २०७८ मंगलबार १४:२५ बजे

काठमाडाैँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् ।

डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएकाे  भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन् ।


कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताएका छन् ।

 हालसालैका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको हाम्रो असफलता पनि प्रकट गरेको महासचिवले बताएका छन् ।

संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड–१९ मानवताका लागि अन्तिम महामारी नहुने बताएका छन् ।  विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि, अर्कोको लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । रासस


Author

थप समाचार
x