विश्व

विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति लुकासेन्को

इकागज |
पुस १३, २०७८ मंगलबार २०:२४ बजे

तस्बिर : गेट्टी इमेज

एजेन्सी - अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट ओसीसीआरपीले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।

सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकासेन्को चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकासेन्को नाम सर्वसम्मतिले चुनिएको हो । 


संस्थाका अनुसार लुकासेन्कोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौं शरणार्थीलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकासेन्को माथि कोभिडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ । 

 


Author

थप समाचार
x