विश्व

जोर्डनको संसद भवनमा सांसदहरूबीच कुटाकुट, उपसभामुख ढले

इकागज |
पुस १४, २०७८ बुधबार ७:४८ बजे

अम्मान- जोर्डनको संसद्‌मा सांसदहरूबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच संसद्‌भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद्‌ भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । 


संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरूबीच चर्काचर्की  भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसद्‌मा सांसदहरूबीच भएको झगडा र कुटाकुटले संसद्‌को गरिमा घटेको छ,’ संसद्‌ा सदस्य खालिल आतियहले भने । एजेन्सी


Author

थप समाचार
x