ताइवान विवादः जापान र चीनबीच हटलाईन टेलिफोन सेवा
काठमाडौँ - जापान र चीनले हटलाइन टेलिफोन स्थापना गर्न सहमत भएका छन् । ताइवान र दक्षिण चीन सागरमा विद्यमान विवादबारे छलफल गर्न दुई देशबीच हटलाईन टेलिफोन स्थापना गर्न सहमत भएका हुन् ।
जापानका रक्षामन्त्री नोबुओ किसी र चीनका रक्षामन्त्री वेइ फेनघीबीच साढे दुई घन्टा लामो भिडियो सम्मेलनपछि हटलाईन स्थापना गर्ने विषयमा सहमति जनाएका हुन् । सो अवसरमा जापाना प्रशासित सेनकाकु टापुहरुमा चिनियाँ जलसेनाको उपस्थितिलाई लिएर जापानका रक्षामन्त्री किसीले गम्भीर चासो देखाएका थिए ।
दिओयुसमेत भनिने सेनकाकु टापुहरुलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया