विश्व

रुसको शक्ति : भ्रम कि यथार्थ?

एन्‍ना अरुटुनयान |
कात्तिक ५, २०७७ बुधबार १०:३७ बजे

पछिल्लो वर्षहरूमा रुसलाई अमेरिकादेखि यूरोपका अन्य मुलुकहरूको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । हुनपनि रुस पछिल्लो समयमा निकै सक्रिय बनेको देखिएको छ । भ्लादिमिर पुटिन नेतृत्वको रुसले क्रिमियालाई आफुमा बिलय गरायो । सिरियाबाट अमेरिकालाई बाहिर धकेल्यो । रसियन भाडाका सिपाही भेनेजुएलादेखि अफ्रिकासम्म पुर्‍याएको छ ।

अहिले प्रश्न उठेको छ । आफ्नै क्षेत्रका बेलारुस, किर्गिजस्तान र नार्गोनो काराबाखमा भइरहेको परिवर्तनमा किन रुसले अपेक्षित चासो लिएको छैन ? अथवा त्यहाँ आइपरेका समस्या समाधानमा उसको भूमिका किन न्यून भएको जस्तो देखिन्छ ? विश्वको चासोको रुपमा यसलाई हेर्न सकिन्छ ।


रुसले बेलारुसका तानाशाही राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई सत्तामा ररिहन सहोग गर्ने अपेक्षा गरिएको थियो । त्यहाँ भएको आन्दोलनलाई दबाउन पुटिनले लुकाशेन्कोलाई सहयोग गर्नेछन् भनेर पनि भनियो । तर, देखिने गरी रुस बेलारुसमा सक्रिय भएन । पर्दा पछाडि पनि उसको भूमिका सोचेको जस्तो बलियो देखिएन ।   

गत अक्टोबरमा ४ मा किर्गिस्तानमा संसदिय निर्वाचन भयो । तर निर्वाचन प्रक्रिया र नतिजालाई लिएर मध्य एसियाली मुलुकमा आन्दोलन चर्कियो । जसले मस्कोसँग नजिकको सम्बन्ध रहेका सुरोनबे जिनबेकोभलाई सरकारबाट बाहिरिन बाध्य बनायो । रुसले त्यसपछि पूर्व सोभियत सदस्य मुलुकलाई दिंदै आएको आर्थिक सहयोग राजनीतिक अवस्था सुधार नआउन्जेल सम्मका लागि भन्दै रोक्यो ।

गत महिना टर्की सर्मथित अजरबैजान र अर्मेनिया विवास्पद भुमी नार्गोनो काराबाखमा आमनेसामने भए । रुसले ती दुई देशहरूबीच युद्धबिराम गराउनका लागि भुमिका खेल्यो । तर उसले स्थायी शान्तिका लागि भने बलियो भुमिका खेल्नलाई चासो दिएको छैन ।

अर्मेनिया, रुसको नेतृत्वमा रहेको सीएसटीओ नाम गरेको सैन्य गठबन्धनको सदस्य हो । सम्भावित युद्धमा आफ्नो संगठनको सदस्यलाई सहयोग गर्नु रुसको कर्तब्य हो । तर अर्मेनियालाई अजरबैजनसँगको द्वन्द्वमा सैन्य सहयोग गर्ने बचन नदिनु भनेको आफैमा अच्चम लाग्दो हो ।

माथिका उल्लेखित घटनाहरूलाई रुसले नजरअन्दाज गरेको वा तीनमा चासो नलिएको भन्ने होइन । उसले अरुबेलाको जस्तो देखिने गरी आफ्नो भुमिका प्रर्दशन नगरेको मात्र हो । रुसले यी तीन क्षेत्रमा कूटनीतिको भरपुर प्रयोग गरेको देखिन्छ । खासमा रुसले आफ्नो छिमेकमा गर्नुपर्ने पनि त्यही नै हो । तर रुसले चाहेर नै कूटनीतिको प्रयोग गरेको हो या सधाको जस्तो बल प्रयोग गर्न नमिलेर ? यो विषयमा अध्ययन गर्न आवश्यक छ ।

रुसको टर्कीसँगको सम्बन्धको अर्थ गहिरो छ । यी दुई मुलुकहरू कुनै मुद्दामा नजिक हुन्छन् भने कतिपयमा फरक कित्तामा उभिन्छन् । टर्कीको सहयोगमा सिरियामा रुसको भुमिका बढेको छ भने खाडी कै अन्य सकंटग्रस्त मुलुकहरूमा पनि पुटिन सरकारको प्रभाव बलियो छ ।

बेलारुसमा रुसले प्रयोग गर्न सक्ने विकल्प न्युन थिए । वा छदै थिएनन भने पनि फरक पर्दैन । नार्गोनो काराबाखमा रुसका लागि सबै विकल्पहरू खराब थिए । यता किर्गिस्तानमा भने रुस परिवर्तित राजनीतिक अवस्थामा आफुलाई सक्रिय बनाउन चाहन्छ । तर के गर्ने भन्ने निक्र्योल गरिसकेको छैन । रुसलाई विश्व राजनीतिमा आक्रमक बन्दै गएको शक्तिका रुपमा चित्रित गरिन्छ । तर आफु वरिपरी कै क्षेत्रमा बढ्दै गइरहेको अस्थिरतालाई किन काबुमा लिन सकिरहेको छैन ?

मुख्य तीन कारणहरू
पहिलो, रुसको राजनितिक तथा आर्थिक स्रोत घरभित्र फैलिदै गएको महामारी नियन्त्रणका लागि केन्द्रित हुनु । कोभिड १९ कोरोना भाइरसले ल्याएको समस्यालाई हल गर्न रुसलाई त्यति सहज छैन । पहिलेदेखि कै खस्कदो आर्थिक हैसियत र त्यसमाथि पनि सम्पुर्ण शक्ति मुलुक भित्र नै लगाउनु पर्ने भएपछि रुसले आफ्नो बलियो ध्यान सीमापार तर्फ लगाउन सकिरहेको छैन ।

दोस्रो, कारण अलि जटिल र संरचनागत छ । रुस सधै आफ्नो छिमेक र वरपरका मुलुकहरूमा आर्थिक, सांस्कृतिक, राजनीतिक र रणनीतिक रुपमा जोडिएको अथवा जोडिन चाहेको हुन्छ । रुस आफ्नो हरेक बलिया र कमजोर छिमेकीसँग उनीहरूको तत्कालिन अवस्थालाई मध्यनजर गर्दै सम्बन्धमा सन्तुलनमा राख्ने वा परिवर्तन गर्ने गर्छ ।

रुसको टर्कीसँगको सम्बन्धको अर्थ गहिरो छ । यी दुई मुलुकहरू कुनै मुद्दामा नजिक हुन्छन् भने कतिपयमा फरक कित्तामा उभिन्छन् । टर्कीको सहयोगमा सिरियामा रुसको भुमिका बढेको छ भने खाडी कै अन्य सकंटग्रस्त मुलुकहरूमा पनि पुटिन सरकारको प्रभाव बलियो छ । त्यसकारण रुसले नार्गोनो काराबाखमा अर्मेनियालाई सिधा समर्थन प्रदान गरेर टर्कीसँगको सम्बन्ध बिगार्न चाहँदैन ।

यसअघि रुसले बाल्टिक, जर्जिया र युक्रेनमा आफ्नो प्रभाव गुमाएको छ । अर्मेनियालाई सर्मथन गर्नु भनेको उसले अजरबैजनमाथिको प्रभाव गुमाउनु हो । रुस त्यो क्षेत्रमा अर्को मुलुक माथि आफ्नो प्रभाव गुमाउन चाहँदैन ।

तेस्रो तथा महत्वपूर्ण कारण भनेको रुसको विदेश नीति र उसको असली चरित्र हाे। सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भुमीमा विलय गराउनु, डोनेस्क र लुहानस्कमा पृथकतावादी आन्दोलन चर्काउनुले रुसलाई हेरिने नजरमा परिवर्तन आउँदै गएको छ । 

रुसले अन्तराष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउन र शत्ति प्रर्दशन गर्न आफुलाई उचित लागेका कार्यहरू गर्दै आएको छ । उसलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको आरोप त लाग्यो नै । उसले त्यही वर्ष मोन्टेनेग्रोमा सत्ता परिवर्तनका लागि प्रयास गरेको पनि आरोप लाग्यो । त्यस्तै उसले भेनेजुएलामा निकोलस माडुरोलाई सर्मथन गरेर अमेरिकालाई टक्कर दिन पनि भ्यायो ।

तर सिरियामा बसर अल असादलाई गुमाएको भुभाग फिर्ता ल्याउने कार्यमा सहयाेग गर्ने बाहेक अन्य विदेशी मिसनमा रुस सफल देखिएको छैन । युक्रेनको अर्को हिंसाग्रस्त भाग डोनबासमा आफुले चाहेको जस्तो प्रभाव जमाउन सकेको छैन । त्यस्तै सिरियामा उसले चाहेको जस्तो गरी राजनितिक परिवर्तन भएको छैन । न त भेनेजएलामा नै उसले मादुरोलाई अमेरिकाले छुनै नसक्ने गरी बलियो नै बनाउन सकेको छ ।

एक पूर्ब रुसी अधिकारीले भने जस्तो पुटिन अन्य देशहरूमा आफ्नो प्रभाव जमाउन ईच्छा राख्छन् । आफ्ना सरकारी तथा अन्य एजेन्सी , स्रोतको प्रयोग गर्दै । तर आफुले चाहेको जस्तो अन्त्यका लागि भने उनीसँग बलियो खाका हुदैन । उनी छिमेक र नजिकका देशहरूको मामलामा हात चाही हाल्छन तर स्पष्ट योजना बिना नै । 

क्रिमियामा रुसले जे जस्तो नतिजा हासिल गर्‍यो त्यो अपेक्षित थियो । त्यसले रुसलाई बलियो देखायो । तर रुस देखिएको जस्तो बलियो होईन । अहिले पनि पुटिन त्यसकै जगमा उभिएर रुस झन बलियो भएको भन्ने सन्देश दिन चाहान्छन् । उनी एक हदसम्म सफल पनि भएका छन् । र रुस अन्तराष्ट्रिय राजनीतिमा बलियो भएको भन्दा पनि फुलेको देखिन्छ ।  

अनि आफ्नै सिमा वरिपरी बढिरहेको अस्थिरतालाई काबुमा ल्याउन नसकिरहेको अवस्थाले रुसको आफु शत्तिशाली छु भन्ने दाबीलाई गिज्याइरहेको जस्तो देखिन्छ ।
(दि मस्को टाइम्समा छापिएको आलेख प्रबिनबिक्रम कटवालले अनुवाद गरेका हुन् ।)  


Author

थप समाचार
x