तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च
ल्हासा- चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२१ मा पर्यटकीय गतिविधिमा आशातित वृद्धि भएको छ ।
दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रले यस वर्षको पहिलो ११ महिनामा घरेलु तथा विदेशी पर्यटक गरी कूल चार करोड ४३ लाख पर्यटकलाई सेवा दिएको स्थानीय अधिकारीहरूले बुधबार बताए ।
क्षेत्रीय पर्यटन विभागका अनुसार यस क्षेत्रको पर्यटन आय एक वर्ष पहिलेको भन्दा २२.४ प्रतिशतले बढेर ४३ अर्ब ८५ करोड यूआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) भएको बताइएको छ ।
पर्यटनमा तीव्र वृद्धि हुनुलाई आंशिकरूपमा यस क्षेत्रमा कोभिड–१९ नियन्त्रणमा मिलेको प्रभावकारीतालाई स्थानीयले लिने गरेका छन् । स्थानीय स्वास्थ्य आयोगका अनुसार मंगलबारसम्ममा तिब्बतले लगातार झन्डै ७०० दिनसम्म कुनै नयाँ पुष्टि वा संदिग्ध घटनाहरू देखिएका छैनन् ।
यस क्षेत्रको पर्यटन वृद्धिलाई प्रेरित गर्न तिब्बतको हिउँदे पर्यटनका लागि प्राथमिक नीतिहरू पनि लागू गरिएको छ । यसमा अक्टोबर महिनाको मध्यदेखि वर्षको अन्तसम्म धेरै पर्यटकहरूको आकर्षणमा होटलको मूल्य र निःशुल्क प्रवेश दर पनि समावेश छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया