पूर्वी इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प
जकार्ता [इन्डोनेसिया]- इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ ।
बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ ।
स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।
एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको छ । एजेन्सीले मानिसहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी लिइरहन र सचेत रहन आग्रह गरेको छ । (एएनआई/सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया