मुम्बइमा बढ्यो कोभिड, एकै दिन ३ हजार ६ सय संक्रमित थपिए
काठमाडौँ - भारतको राजधानी मुम्बइमा पछिल्लो २४ घण्टामा कोभिडका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ ।
बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन् । त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया