विश्व

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

इकागज |
पुस १६, २०७८ शुक्रबार १७:३२ बजे

फाइल तस्बिर

काठमाडौँ -  संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।  सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ।  

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ । 


अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९का बिरामीहरू छन् ।
अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ। रासस


Author

थप समाचार
x