विश्व

विरोध प्रदर्शनका क्रममा सुडानमा चारको मृत्यु

इकागज |
पुस १७, २०७८ शनिबार ६:४९ बजे

खार्तूम - सुडानमा भएको आम प्रदर्शनका क्रममा शुक्रबार थप चार जनाको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको र अरु सयौं घाइते भएको प्रहरीले पनि पुष्टि गरेको छ । 

प्रदर्शनकारीहरूले राजधानी खार्तुम र छिमेकी सहरहरूमा बिहिवार व्यापक विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीचमा भएको झडपमा प्रहरी तर्फ पनि घाइते भएका छन् । प्रहरी अधिकारीहरूका अनुसार प्रहरीतर्फ ४९ जना घाइते भएका हुन् ।


प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएको र प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफी आक्रमण गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनको नेतृत्व गरिरहेका नेताहरूसँग समन्वय गर्ने प्रयाससमेत गरेको दाबी गरेको छ । घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

सुडानमा गत अक्टोबर २५ देखि आम प्रदर्शन भइरहेको छ । नागरिक सहभागितासहितको सरकारको सट्टामा सेनाले सैनिक सरकार चलाउन थालेपछि सुडानमा फेरि आन्दोलन सुरु भएको हो । 


Author

थप समाचार
x