विश्व

भारतको एक मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

इकागज |
पुस १७, २०७८ शनिबार १०:१ बजे

काठमाडौं - भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा नयाँ वर्षका दिन श्रद्धालुहरूको भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ ।  दुर्घटनामा परी २० जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो दुर्घटना त्रिकुटा पहाडस्थित मन्दिरको गर्भगृहको बाहिर भएको हो ।

कटरास्थित माता वैष्णो देवी मन्दिर परिसरमा १२ जनाको मृत्यु भएको जम्मूकश्मीरका डीजीपी दिलबाग सिंहले पुष्टि गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।



Author

थप समाचार
x