भारतमा कोभिडबाट एकै दिन २७ हजार ५५३ संक्रमित
काठमाडाैँ- भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।
भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिड संक्रमितकाे संख्या बढेकाे छ । दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।
त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया