विश्व

दक्षिण अफ्रिकाको संसदमा आगजनी : शंकास्पद एक व्यक्ति पक्राउ

इकागज |
पुस १९, २०७८ सोमबार ९:४६ बजे

सांकेतिक तस्बिर

केप टाउन- दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको स‌ंसद नेसनल एसेम्बलीमा आगो लागेको थियो । 

शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।  


आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् । एजेन्सी


Author

थप समाचार
x