विश्व

यूएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा

इकागज |
पुस १९, २०७८ सोमबार २०:५३ बजे

काठमाडौं - यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।”

सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ । हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साऊदी अरबको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको सेना यमनमा उ सँग युद्ध गरिरहेको छ । 


यस अघि साऊदी अरब नेतृत्वको गठबन्धनले हुती विद्रोहिले यमनमा होदेदा गवर्नोरेटबाट निस्कनासाथ युएईको झण्डा भएको एक मालवाहक जहाजलाई अपहरण गरेको जनाएको थियो । यसपछि हुतीले जहाज कब्जामा लिएको जानकारी दिएको हो । 

साऊदी प्रेस एजन्सीका अनुसार गठबन्धनका प्रवक्ता ब्रिगेडियर तुर्की अल मलिकीले उक्त मालवाहक जहाज सोकोट्रा द्वीपबाट जजान बन्दरगाहको यात्राका लागि निस्किएको र त्यसमा अस्पतालसँग सम्बन्धित उपकरणहरु थिए । 


Author

थप समाचार
x