कोभिड बढेपछि दिल्लीमा शनिबार र आइतबार कर्फ्यू
काठमाडाैँ- नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।
संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ । न्युज कारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया