जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प
टोकियो [जापान]- जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ६:०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो ।
जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ । अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन । (एएनआई/सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया