काजकिस्तानमा २०० जना पक्राउ
एजेन्सी - काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन् । विजुलीको मूल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो । मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।
'आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरूलाई पक्राउ गरिएको हो,' गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया