काश्मिर समस्या समाधानमा पाकिस्तानकाे जोड
फाइल फाेटाे
काठमाडाैँ- नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उनले विकासको अथाह सम्भावना भएको दक्षिण एशिया काश्मिर समस्याका कारण विकासले अपेक्षित गति लिन नसकेको बताए ।
७३ वर्षअघि संयुक्त राष्ट्रसङ्घले काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्ने सुझाव दिएको स्मरण गर्दै उनले काश्मिरीहरुको आत्मनिर्णयको अधिकार कार्यान्वयनक गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।
त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले जारी गरेकाे बेग्ला–बेग्लै सन्देश वाचन गरिएका थिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया