विश्व

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

इकागज |
पुस २३, २०७८ शुक्रबार ६:५५ बजे

काबुल- अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । 


अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् । 

देशको ९० प्रतिशत भूभागमा हिमपात, बर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमपात, बर्षा र बाढीका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको र आर्थिक नोक्सानी भएको जनाइएको छ  । (एएनआई)


Author

थप समाचार
x