विश्व

भारतद्‌वारा अफगानिस्तानलाई तेस्रो चरणको स्वास्थ्य सामग्री सहयोग

इकागज |
पुस २४, २०७८ शनिबार ७:१ बजे

नयाँ दिल्ली- भारतले अफगानिस्तानलाई शुक्रबार थप स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । 

झण्डै दुई टन अत्यावश्यक र प्रारम्भिक उपयोगी सामग्रीहरु पठाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।


द्वन्द्वबाट भर्खरै मुक्त भएको मुलुक अफगानिस्तालाई कोरोनाभाइरसको महामारी फैलिएपछि अहिले तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु पठाएको हो ।

'हाम्रो देशको तर्फबाट अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने क्रम जारी छ, र शुक्रबार तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ,' विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा ती सामग्रीहरू हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । (एएनआई)


Author

थप समाचार
x