विश्व

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

इकागज |
पुस २५, २०७८ आइतबार ६:५६ बजे

कानो, नाइजेरिया - बन्दुकधारीहरूले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरूको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरूले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् । उनले भने, 'लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरूले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका थिए ।'
 
आक्रमणकारी सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन । 

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरूलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन । 
 



Author

थप समाचार
x