न्युयोर्कको अपार्टमेन्टमा आगलागी, १९ को मृत्यु
अमेरिका- अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ ।यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ ।
न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्र्नु । उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन् । अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।
प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिए ।
न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलले यहाँको एक १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरु भने त्यस तल्ला बाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए ।
उनका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए । यहाँका समाचार माध्यमहरुले आगलागीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन् ।
कतिपय मिडियाले यो आगलागी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन् । न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए ।
अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन् ।यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरुले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया