रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त
सांकेतिक तस्बिर
ढाका- बंगलादेशमा रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त भएका छन् । देशको उत्तरपूर्वी क्षेत्र कोक्स बजार जिल्लामा रहेको शरणार्थीको शिविरमा भएको आगलागीमा केही शरणार्थी घाईते भएका छन् ।
सन् २०१७ मा म्यानमारमा सेनाको दमनपछि लाखौं शरणार्थी सिमावर्ती जिल्ला कोक्स बजारमा शरण लिएका थिए । आगो नियन्त्रणमा लिएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।
आगलागीपछि धेरै शरणार्थी घरबारबिहिन भएको स्थानीय अबु तहरले बताएका छन् । कोक्स बजारमा यसअघि पनि आगजनी हुँदा १५ शरणार्थीको मृत्यु भएको थियो । आगजनीमा १० हजार झुपडी जलेर खरानी भएका थिए । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार कोक्स बजारको शरणार्थी शिविरमा बढीमा नौ लाख शरणार्थी छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया