विश्व

जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

इकागज |
पुस २८, २०७८ बुधबार ६:५६ बजे

फाइल तस्‍बिर

टोकियो - जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए । 

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले मंगलबार सवैलाई अनुरोध गरे । उनले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिए ।


बालबालिकाहरूलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरूलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उनको भनाइ छ ।   उनले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि दिए । जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 
 


Author

थप समाचार
x