विश्व

अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी

इकागज |
पुस २९, २०७८ बिहीबार ९:१२ बजे

न्युयोर्क- अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि  अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ । 


अमेरिकामा भने पछिल्लो समयमा कोभिडको सुनामी नै आएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ । त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन् । केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ । एजेन्सी
 


Author

थप समाचार
x