विश्व

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ

इकागज |
पुस ३०, २०७८ शुक्रबार १२:५८ बजे

लन्डन- संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्थाले जनाएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुसपैठ गरेको भन्दै बेलायतको गुप्तचर संस्थाले उनको तस्बिर सार्वजनिक गरेको छ । 


हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तीय सहयोग प्रदान गरेको गुप्तचर संस्थाले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सबै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।  

लन्डनस्थित चिनियाँ दूतावासले ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।
 


Author

थप समाचार
x