जापान - जापानको राहदानी विश्वमा सबैभन्दा शक्तिशाली राहदानी बनेको छ । नागरिकता तथा आवास सम्बन्धी बहुराष्ट्रिय परामर्शदाता कम्पनीले सार्वजनिक गरेको नयाँ सूचीले यस्तो देखाएको हो । जापानी राहदानीबाहक १९२ देशमा बिना भिसा जान पाउँनुका साथै सजिलै भिसाप्राप्त गर्न सक्दछन् । गत वर्ष दोस्रो स्थानमा रहेको सिंगापुरको राहदानी यो वर्ष भने जापानसगैँ पहिलो स्थानमा उक्लिएको छ ।
सिंगापुरको राहदानीबाहक पनि विश्वको १९२ देशमा सहजै मान्यता छ । १९० मुलुकमा सहज पहुँचसहित जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । सूचीको तेस्रो स्थानमा फिनल्यान्ड , इटली , लक्जेम्बर्ग र स्पेन छन् । चौथौं स्थानमा भनेँ अष्ट्रिया , डेनमार्क , फ्रान्स , नेदरल्यान्ड र स्वीडेन छन् । पाँचौं स्थानमा आयरल्यान्ड र पोर्चुगल रहेका छन् । बेल्जियम , न्यूजिल्यान्ड , नर्वे , स्वीजरल्यान्ड , बेलायत र अमेरिका छैठौं स्थानमा छन् । सातौं स्थानमा अष्ट्रेलिया , क्यानडा चेक गणतन्त्र , ग्रिस र माल्टा रहेको जापानी समाचारमा खबर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया