कजाकस्तान हिंसामा दुई सय २५ जनाको मृत्यु
फाइल फाेटाे
नुर सुल्तान- कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।
‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।
मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया