विश्व

भारतको अरुणाञ्‍चल प्रदेशमा ४.९ म्याग्निच्युडको भूकम्प

इकागज |
माघ ४, २०७८ मंगलबार ९:३० बजे

नयाँ दिल्ली- भारतको अरुणान्चल प्रदेशमा भूकम्प गएको छ । अरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका  अन्य जिल्लामा पनि महशुस गरिएको थियो ।


यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियाे । एजेन्सी


Author

थप समाचार
x