विश्व

अमेरिकी संसद्‍मा तनाव : मृत्यु हुनेको संख्‍या चार पुग्यो

इकागज |
पुस २३, २०७७ बिहीबार ११:३४ बजे

तस्बिर : डेलीमेल

अमेरिकामा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । डिसीको संसद्‍ भवनमा भएको झडपमा ४ जनाको मृत्यु भएको हो । बुधबार बिहान डोनाल्‍ड ट्रम्प समर्थकले राजधानी वासिङटन डिसीमा समेत तोडफोड गरेका थिए । ट्रम्पले चुनावको नतिजा सार्वजनिक हुन थालेदेखि नै चुनावमा बाइडन पक्षले धाँधली गरेको आरोप लगाउँदै आएका थिए ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । एक महिलालाई गोली लागेको छ । द वासिङ्टन पोस्ट र सीएनएनका अनुसार अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको हो । हिंसक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ।


र, यो पनि
- एरिजोनामा पनि हारे ट्रम्प, बाइडेनको पक्षमा सिनेटको भोट

- अमेरिकी संसद्‍मा के-के भयो ? भिडियो र तस्बिरमा हेर्नुहोस्

- अमेरिकी संसद्‌मा ट्रम्प समर्थकद्वारा तोडफोड : गोली लागेर एकको मृत्यु, वासिङ्टनमा कर्फ्यू


Author

थप समाचार
x