विश्व

अमेरिकी कंग्रेसद्वारा राष्ट्रपतिमा वाइडनको विजयी पुष्टि

इकागज |
पुस २३, २०७७ बिहीबार १५:४१ बजे

वासिङ्टन : अमेरिकी कंग्रेसले अमेरिकाको राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो वाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा राष्ट्रपतिमा वाइडन र उपराष्ट्रपतिमा ह्यारिस विजयी भएको पुष्टि कंग्रेसले गरेको हो ।
 
अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले वाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । 

सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदका अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ । केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए ।


अब वाइडन र ह्यारिसले जनवरी २० अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रूपमा शपथ लिनेछन् ।

बुधबार बिहान ट्रम्प समर्थकहरूद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि वाइडन र ह्यारिस विजयी भएको प्रमाणित कंग्रेसले गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ । बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेका थिए । त्यसपछि केहीबेर सदनको सत्र रोकिएको थियो ।

प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाएको छ । १५ दिनसम्म संकटकाल पनि घोषणा गरिएको छ ।


 


Author

थप समाचार
x