भारतमा एकै दिन साढे तीन लाख कोभिड संक्रमित, सात सय बढीकाे मृत्यु
नयाँ दिल्ली- भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।
साथै गत २४ घण्टामा सात सय ३ जनाले काेभिडका कारण ज्यान गुमाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमित र मृतकको संख्या दिनहुँ बढेको छ ।
यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया