घानामा विस्फोट, १७ जनाको शव निकालियो
काठमाडौँ - घानाको एक शहरमा ठुलो विस्फाेट हुँदा १७ जनाको मृत्यु भएको छ । घानाको एपिएट शहरमा विस्फाेट पदार्थ बोकेको ट्रक मोटरसाइकलामा ठोक्किएपछि विस्फाेट भएको थियो । उक्त विस्फाेटक पदार्थ खानीमा विस्फाेट गराउनका लागि लगिएको थियो ।
विस्फाेटमा धेरै घरहरुमा क्षति पुगेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विस्फाेटपछि उक्त शहरमा धुँवाको मुस्लो देखिएको फाेटाेहरु स्थानीय मिडियाले सार्वजनिक गरेका थिए । विस्फाेटमा परेकाहरुले चिच्याउँदै सहायता मागिरहेका थिए ।
प्रहरीले हालसम्म १७ जनाको शव निकालेको छ । अझै हताहत हुन सक्नेकाे संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । घानाका राष्ट्रपति नाना अकूफो -अड्डोले दुखद घटना भएकाे भन्दै उद्धारका लागि सेना परिचालन गरिएको बताएका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया