युक्रेन तनावबारे अमेरिका र रुसका विदेशमन्त्रीबीच भेटवार्ता हुँदै
न्युयोर्क- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाव बढिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।
रसियाले युक्रेनमा अतिक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार चेतावनी दिएका थिए । रसियाले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
उसले युक्रेनमा फेरि हमला गर्न लागेको अमेरिकालगायत उसका गठबन्धन मुलुकहरुले अनुमान गरेका छन् । तर, रसियाले ती आरोप अस्वीकार गर्दै आएको छ ।
राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई नेटोमा आबद्ध दिन नहुने बताउँदै आएका छन् । पूर्वीयुरोपमा सैन्य गतिविधि रोक्न रक्षात्मक गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया