इलेक्ट्रिक कार बेच्नेमा नर्वे अगाडि
विश्वमै इलेक्ट्रिक कार बढी बिक्रि गर्नेमा नर्वे पहिलो भएको छ । नर्वेले २०१९ को तुलनामा २०२० मा इन्धनयुक्त कारभन्दा बढी इलेक्ट्रिक कार बिक्रि तथ्यांक सार्वजनिक भएको छ । नर्वेजियन रोड फेडेरेसनका अनुसार नर्वेले २०१९ मा ४२ प्रतिशत इलेक्ट्रिक कार बिक्रि गरेको थियो । २०२० मा नर्वेले ५४.३ प्रतिशत इलेक्ट्रिक कार बिक्रि गरेको छ भने इन्धनयुक्त कार ४६ प्रतिशत बिक्रि गरेको छ ।
विश्वका थुप्रै मुलुकमा प्रदुषणको दर ह्वात्तै बढेको छ । यसको प्रमुख कारण इन्धनबाट चल्ने गाडीहरू पनि हुन् । इन्धनयुक्त गाडीहरूको सट्टामा थुप्रै मुलुकले इलेक्ट्रिक गाडीहरू चलाउन थालेको छ । तर पूर्वाधारको कमी र उच्च मूल्य पर्ने भएकाले यसको प्रयोग भने बढेको छैन । त्यसैले अझै पनि शोरुमहरू डिजेल र पेट्रोलबाट चल्ने कारहरूलाई बेच्न बाध्य छन् ।
तथापि, नर्वेले प्रदुषण कम गर्नको लागि २०२५ सम्ममा इन्धनयुक्त कारहरूलाई पूर्णरुपमा ब्याण्ड गर्ने योजना बनाएको छ । योजना मात्रै होइन, कार्यान्वयन पनि गर्दै लगेको छ । त्यस्तै नर्वेले इलेक्ट्रिक कारहरूमा कर समेत कम गरी जनतालाई आकर्षित गर्न खोजेको छ । त्यस्तै नर्वेले देशलाई हरियाली बनाउन थुप्रै योजना बनाएको छ । एजेन्सीको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया