विश्व

अमेरिकाले ताइवानको भ्रमणमा उच्च अधिकारी पठाउने

इकागज |
पुस २४, २०७७ शुक्रबार १२:५५ बजे

काठमाडौं : अमेरिकाका विदेश मन्‍त्री माइक पोम्‍पियोले चीनलाई ताइवान तर्फ उच्‍च अधिकारीको भ्रमण गराउने धम्की दिएका छन् । हङकङमा जारी लोकतान्त्रिक आन्दोलनमा धरपकड नरोकिएको र आन्दोलनकारीलाई पक्राउ गरिएको भन्दै पोम्पियोले त्यसको बदलामा अमेरिकाले ताइवानतर्फ आफ्ना उच्च अधिकारीलाई भ्रमणमा पठाउने बताएका हुन् । 

पोम्पियोले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुतलाई ताइवान भ्रमणमा पठाउने भनेका हुन् । संयुक्त राष्ट्रसंघमा वासिङटनलाई प्रतिनिधित्व गर्ने केल्ली क्राफ्टलाई कहिले ताइवान पठाइने भन्‍नेमा पोम्पियोले जानकारी दिएनन् । क्राफ्टको ताइवान भ्रमणले चीनलाई थप क्रुध्द बनाउने अपेक्षा गरिएको छ । पोम्पियोले हङकङमा जारी आन्‍दाेलनमा धरपकड गर्ने अधिकारीहररूमाथि प्रतिबन्ध लगाउने समेत धम्की दिएका छन् । बुधबार हङकङ प्रहरीले करिब ५० भन्दा बढीलाई गिरफतार गर्दा एक अमेरिकी नागरिक समेत परेपछि पोम्पियोले आक्रोश पाेखेका हुन् । ‘चीनको यस्तो ब्यवहारलाई अमेरिकाले सहदैन,’ बिहीबार पोम्पियोले भने ।


चीनले साइबर सुरक्षा नियम लागू गरेपछि हङकङमा जारी आन्दोलनमा धरपकड गर्ने कार्यलाई जारी राखिएको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । हङकङमा आन्दोलनकारीलाई पक्राउ गर्दा अमेरिकी अधिवक्ता जोन क्लान्सी समेत गिरफतारीका परेका थिए । तर उनलाई बिहीबार नै छाडिसकिएको छ । ‘चिनियाँ कम्युनिष्ट पार्टी आफ्नै नागरिकका विरुद्ध छ । हामी हङकङका नागरिकमाथि गरिएको धरपकडको विरोध गर्छौ । धरपकडमा संलग्‍न सबैलाई अ‍ेमरिकाले प्रतिबन्ध लगाउनेछ । हङकङको लोकतान्त्रिक व्यवस्थामाथि हुने आक्रमण हामीलाई मान्य छैन,’ रोयटर्सले पोम्पियोको भनाईलाई उद्धृत गर्दै लेखेको छ । 

उता, चीनले पोम्पियोको अभिब्यक्तिलाई लिएर विरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी हुवाँ चुनयिङले पोम्पियाको अभिब्यक्तिलाई चीनको आन्तिरक मामिलामा हस्तक्षेप भनेकी छिन् । ‘चीन आफ्नो सार्बभौमिकता र सुरक्षाका विषयमा सजग छ र रक्षाका लाागि जुनसुकै कदम चाल्न तयार छ । अमेरिकाले चीनको आन्तिरिक विषयमा बोलेर गल्ती गरेको छ । जसको मूल्य उसले चुकाउनुपर्नेछ ।’ चुनयिङले भनिन् । उता ताइवानले भने अमेरिकाका तर्फबाट हुने सम्भावित भ्रमणका विषयमा खुसी व्यक्त गरेको छ । 


 


Author

थप समाचार
x