विश्व

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

इकागज |
माघ ११, २०७८ मंगलबार ७:१० बजे

याओउन्डेल- क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दाबढी घाईते भएका छन् ।

 सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । 


ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ ।

 अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 


Author

थप समाचार
x