विश्व

टर्कीको राजधानीमा हिमपातका कारण निजी यातायात सञ्चालन गर्न रोक

इकागज |
माघ ११, २०७८ मंगलबार २०:४७ बजे

फाइल तस्बिर

इस्तानबुल - टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठूलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधान सञ्चालन रोकएकोे हो ।

मंगलबार बिहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गर्नुभएको छ । हिमपातले बाटोहरु पुरिएकाले थोरै थोरै मात्रै खुलाउन सकिएको र थोरै मात्रै खुलाउदा साघुरो भएको बाटोमा सार्वजनिक यातायात मात्रै चलाउने व्यवस्था गरिएको उनको भनाइ छ ।  


हिमपातका कारण साघुरो भएको बाटोमा निजी यातायातका साधन चलाउदा सार्वजनिक यातायातका साधन चल्न नमिल्ने भएकाले निजीलाई प्रतिबन्ध लगाइएको गभर्नर ऐर्लिकायाले स्पष्ट पारे । स्तानबुलमा मात्रै एक करोड ६० लाख मानिस बसोवास गर्दछन् । सोमबार निजी र सार्वजनिक दुवै सवारी साधनहरु चलाउन खोज्दा बाटोमा समस्या भएर हजारौँ मानिस लामो समयसम्म सडकमै रोकिनु परेको थियो ।

हिमपातका कारण पाँच हजार मानिस विस्थापित भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये तीन हजार मानिस आफ्नो घरमा बस्न नसकेर होटल, गेस्ट हाउस र विभिन्न शिविरहरूमा पुगेका छन् । त्यसैगरी स्तानबुलबाट हुने उडान पनि बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । रासस/ सिन्ह्वा


Author

थप समाचार
x