बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन
फाइल तस्वीर
एजेन्सी - चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ । कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन् ।
करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो । त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए ।
चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया