विश्व

अफगानिस्तानलाई खाद्यान्न र कोभिडविरुद्धको खोप सहयोग गर्ने भारतको प्रतिबद्धता

इकागज |
माघ १५, २०७८ शनिबार ६:२० बजे

फाइल फोटो

काठमाडौँ - भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚ `अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।` 


भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ‚ कोभिड विरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू‚ औषधीलगायत दिइने स्पष्ट पारे । 

उनका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको छ । 

थप सहयोग सामग्रीका लागि ढुवानी प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि प्रवक्ता वगाचीले जानकारी दिए । 


Author

थप समाचार
x