विश्व

अमेरिकाले भन्यो- आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ

इकागज |
माघ १५, २०७८ शनिबार ६:३७ बजे

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको जनाएका छन् । 

युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाएको छ । रुसले सीमामा सुरक्षा खतरा रहेको र सोलाई अमेरिकाले नजरअन्दाज गरेको बताएको छ । 


अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भनिन्, `राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नेछ ।`


Author

थप समाचार
x