विश्व

कश्मीरमा भएको प्रहरी कारबाहीमा पाँच चरमपन्थीको मृत्यु

इकागज |
माघ १६, २०७८ आइतबार ९:१५ बजे

काठमाडौँ - कश्मीरमा पाँच चरमपन्थीको मृत्यु भएको छ । शनिबार रातभर चलेको इन्काउन्टरमा पाँच चरमपन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कश्मिरी प्रहरीले ट्विट गर्दै पाकिस्तान प्रायोजित आतकंकारी संगठन लश्कर ए तोइबा तथा जैस ए मुहम्मदका पाँच आतकंकारीको मृत्यु भएको जानकारी दिएको छ । 


पुलवाका नायरा तथा बडगामका चरार ए शरीफमा भएको इन्काउन्टरमा मारिनेमा जैस ए मोहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी आतंककारी रहेको प्रहरीको दावी छ । एजेन्सी 
 


Author

थप समाचार
x