विश्व

चीनले मुसलमानको मानवअधिकार उल्लघंन गर्‍यो भन्ने पश्चिमा देश भारतबारे बोल्दैनन् - पाकिस्तानी प्रधानमन्त्री

इकागज |
माघ १६, २०७८ आइतबार ११:२१ बजे

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमा देशहरु भारत प्रशासित कश्मिरमा भएको मानवअधिकार उल्लघंनप्रति नबोलेको आरोप लगाएका छन् । 

शनिबार इस्लामावादमा चिनियाँ पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री खानले कश्मिरमा मानवअधिकार उल्लघंनबारे नबोलेका पश्चिमा देश चीनले मुसलमानहरुलाई दुव्र्यवहार गरेको भन्दै बोल्नु दोहोरो चरित्र भएको आरोप लगाएका छन् । 


उनले भने, उनीहर चीनका वीगरका मुसलमानका कुरा गर्छन्, पाकिस्तानले यो बुझ्न सकेको छैन कि भारतको कब्जामा रहेको कश्मिरबारे पश्चिमा देश कुरा गर्दैनन्, त्यहाँ भारतले सबैभन्दा धेरै मानवअधिकार उल्लघंन गरेको छ । 

भारतको कब्जामा रहेको कश्मिरमा ९० लाख मानिसहरुको हालत खराब अवस्थामा रहेको पनि खानले बताए । खानले चीनले मुसलमानप्रति गरेको व्यवहारप्रति पश्चिमा देशहरुले धेरै आलोचना गर्ने गरेको, तर पाकिस्तानका राजदुतले उक्त क्षेत्रमा गरेको भ्रमणमा त्यस्तो नपाएको बताए । 

प्रधानमन्त्री खानले चीन जानुअघि चिनियाँ पत्रकारसँग कुराकानी गरेका हुन् ।  शीतकालीन ओलम्पिकको उद्घाटन सत्रका लागि खान चीन जाँदैछन् । एजेन्सी


Author

थप समाचार
x