विश्व

भारतमा बसले तीनवटा कार र मोटरसाइकललाई ठक्कर दियो- ६ को मृत्यु, १० घाइते

इकागज |
माघ १७, २०७८ सोमबार ८:२९ बजे

काठमाडौँ - भारतको कानपुरमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार राति तीव्र गतिमा गुडिरहेको विद्युतीय सिटी बसले ठक्कर दिँदा १० जना घाइते भएका छन् । 

प्रहरीका अनुसार बसले तीन वटा कार र धेरै मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु भएका ६ जनामध्ये तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । 


प्रत्यक्षदर्शीका अनुसार बस अनियन्त्रित हुँदा ट्राफिक प्रहरीको पोष्टसमेत भत्काएको थियो । 


Author

थप समाचार
x