विश्व

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईले लेखे राजनीतिक मेलमिलापको लागि तालिवानलाई यस्तो पत्र

इकागज |
माघ १७, २०७८ सोमबार ९:३० बजे

काठमाडौँ - अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानमा समावेशी सरकार गठन र महिला अधिकारको सम्मान अन्तर्राष्ट्रिय समुदायको मात्र नभई अफगान जनताको चाहना भएको बताएका छन् ।

अफगानिस्तानको न्यूज च्यानल टोलो न्यूजलाई दिएको अन्तर्वार्तामा कारजाईले आफू र अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले इस्लामिक इमिरेट्सलाई पत्र लेख्दै राजनीतिक मेलमिलाप प्रक्रियाका लागि राजनीतिक नेताहरूसँग राष्ट्रिय सभा बैठकको प्रस्ताव गरेको बताएका छन्। जसले देशको भविष्यका निर्माणका लागि सहयोग गर्न सकोस् । 


पूर्व राष्ट्रपति कारजाईले विदेशीहरूको प्रस्ताव पर्खनुको सट्टा अफगानहरूले देशको वर्तमान समस्याको समाधान आफै खोज्नुपर्ने सुझाव दिए । 

उनले भने, `मैले केही अफगान राजनीतिज्ञहरूलाई राजनीति र राष्ट्रिय समस्यका विषयमा कुराकानी गर्ने प्रस्ताव राखे । जहाँ यस्तो एउटा शिखर सम्मेलन होस्,
अफगानिस्तानका पुरुष र महिला दुवै उपस्थित हुन् र राष्ट्रिय सभा आयोजना गर्ने हाम्रो राष्ट्रिय र ऐतिहासिक परम्पराको सुरुवात हुन सकोस् ।` 

अन्तर्राष्ट्रिय समुदायले मानव अधिकार र महिला अधिकारको सुनिश्चित गरेको समावेशी अफगान सरकारलाई मान्यता दिने पहिलो शर्त राखेको उनले बताए । ।  

कारजाईले भने, `विश्वले यो चाहन्छ कि चाहदैन् ? संयुक्त राष्ट्र संघले अफगानीहरूलाई बोलाउँछ कि बोलाउँदैन ? संयुक्त राष्ट्रसंघले कामचलाउ सरकारलाई बोलाउँछ कि बोलाउँदैन ? यी कुरा महत्वपूर्ण हैन । सबैभन्दा पहिले, सबैको प्रतिनिधित्व गर्ने समावेशी र राष्ट्रिय सरकार होस् भन्ने अफगान जनताको पहिलो चाहना हो। समाजमा महिलाको भूमिका र शिक्षामा महिलाहरूको पहुँच सुनिश्चित होस्।यही नै हाम्रा आधारभूत सिद्धान्तहरू हुन् र हुनुपर्छ ।` एजेन्सी


Author

थप समाचार
x