अफगानिस्तानका विद्यालय ६ महिनापछि खुल्दै, छोरीहरुले पढ्न नपाउने
काठमाडौँ - अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् ।
तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले छात्राहरुलाई अलग्गै पढाउन सकिने बताएको थियो ।
गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए ।
अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।
तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुले अफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् । तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया