विश्व

ट्रम्पले भने- २०२४ मा मैले चुनाव जिते क्यापिटल हिल आक्रमणमा संलग्नलाई माफी दिन्छु

इकागज |
माघ १७, २०७८ सोमबार १०:३६ बजे

काठमाडौँ - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा सत्तामा फर्किएमा क्यापिटल हिल आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने संकेत गरेका छन् ।

गत वर्ष अमेरिकाको क्यापिटल हिलमा ट्रम्प समर्थकहरूले आक्रमण गरेका थिए र उक्त हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको थियो।


शनिबार ट्रम्पले एक र्‍यालीमा भने, `यदि म चुनाव लडेर जिते भने गत वर्ष जनवरी ६ मा भएको घटनाका बारे निष्पक्ष छानबिन गर्छु, यदि माफीको आवश्यकता परे उनीहरुलाई माफी पनि दिनेछु, उनीहरुका साथ अन्याय भइरहेको छ ।` 

जनवरी २०२१ मा, ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा तोडफोड र हिंसा गरेका थिए । जसमा एक सय भन्दा बढी प्रहरी  अधिकारीहरू घाइते भएका थिए ।  यो हिंसात्मक भिडले अमेरिकी चुनावमा धाँधली गरेको आरोप लगाएर वाइडेनले चुनाव जितेको आरोप लगाएको थियो । 

हिंसाको एक दिन अघि, ट्रम्पले एक र्‍यालीमा हिंसा बढाउने अभिव्यक्ति दिएका थिए । 

क्यापिटल हिल हिंसामा ७ सय जना बढीलाई गिरफ्तार गरिएको थियो । जसमध्ये १५० जनाले प्रहरी माथि आक्रमण गरेको आरोप छ भने ५० बढीमाथि षडयन्त्र गरेको आरोप छ । 


Author

थप समाचार
x